
नेपाल अखबार, काठमाडाैं । युट्युब च्यानलमा अश्लिल शीर्षक राखेर सामग्री पोष्ट गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरापालिका–७ घर भई काठमाडौं बस्ने प्रवेश लामा छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार ४ रियल टिभी नामक युट्युब च्यानल खोली अश्लीलता फैलाउने खालका भिडिओ अपलोड गर्ने नुवाकोट बेलकोटगढी- ७ का २२ वर्षीय प्रवेश लामा पक्राउ परेका हुन्।
उनी अहिले काठमाडौंको बौद्धमा बस्दै आएका थिए। लामालाई सोमबार पक्राउ गरिएको र पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइएको ब्युरोले जानकारी दिएको छ।

