Saturday, July 25

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

नेपालअखबार, काठमाडाैं । पाँचथरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । ३५ वर्षीया निला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा फिदिम नगरपालिका–१४ बुर्दुम बस्ने ४० वर्षीय राज कुमार राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

राज कुमारले घरायसी वादविवादको क्रममा असार १७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी निलाको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी तमाखे रानिटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement

Advertisement