Wednesday, July 15

बिलासी वस्तुको आयात भदौ १४ सम्म प्रतिबन्ध

नेपालअखबार, काठमाडाैं । सरकारले बिलासी बस्तुको आयात प्रतिबन्धको समयलाई थप गर्दै १४ भदौसम्म पुर्‍याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैठारी ऐन २०१३ बमोजिम ४४ दिनसम्मका लागि प्रतिबन्ध थप गरेको हो।

Advertisement

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य मन्त्रालयको प्रस्तावमा यसअघि लगाउँदै आएको आयात प्रतिबन्धको म्यादलाई १४ भदौसम्म थप गर्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

जसअनुसार कुरकुरे कुरमुरे लेज, औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा, औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट सुर्तिजन्य पदार्थ, हिरा र ३ सय अमेरिकी डलर भन्दा बढीको स्मार्ट फोन ल्याउन प्रतिबन्ध लगाएको छ ।

Advertisement

मन्त्रालयको सुचना अनुसार ३२ इन्च भन्दा बढीको रंगिन टीभी, जीप कार भ्यान, १ सय ५० सीसी भन्दा बढीका सबैखाले मोटरसाइकललगायतका बिलासी बस्तुको सामान छन् ।

मन्त्रालयले १३ वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु वर्षको अन्त्यसम्म आयात प्रतिबन्ध लगाएको थियो । पछिल्लो निर्णयसँगै प्रतिबन्धलाई ४४ दिन थप गरेको हो। यसअघि प्रतिवन्ध लाग्दै आएको मोटरसाइकलको हकमा १ सय ५० सिसि सम्मको भने आयातमा खुल्ला गरेको छ ।