
नेपाल अखबार, काठमाडाैं । नेपका(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवाद किन र कसरी लोकार्पण गर्नुभएको छ ।
विभिन्न ९ जना लेखक तथा संकलकहरुको सामूहिक सङ्कलनको रुपमा तयार पारिएको समाजवाद किन र कसरी एक समारोहका विच अध्यक्ष नेपालले लोकार्पण गर्नुभएको हो ।
सङ्ग्रहको सार्वजनिकीकरण गर्दै अध्यक्ष नेपालले कार्यकर्ताहरुलाई अध्ययनशील चिन्तनशील हुन भन्दै कार्यकर्ताहरुलाई जनजिविका र जनसरोकारका सवाललाई सम्बोधन गर्न आव्हान गर्नुभयो ।
समाजवाद अध्ययन केन्द्र धनकुटाले प्रकाशन गरेको उक्त पुस्तकमा पार्टीका सम्मानित नेता झलनाथ खनाल,उपाध्यक्ष घनेन्द्र वस्नेत,महासचिव डा.वेदुराम भुसाल,उपमहासचिव डा. विजय पौडेल,राजनितिक विश्लेषक हरी रोक्का, कानुनविद युवराज संग्रौला,विश्लेषक खगेन्द्र प्रसाई,केन्द्रीय सदस्य अशेष घिमिरे धनकुटा जिल्ला अध्यक्ष अर्जुन राई र अनुवादक करुणा पराजुलीका सामाग्रीहरू सङ्ग्रहित छन् ।

