Saturday, September 5

हेटौंडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम

नेपालअखबार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा यही  शैक्षिक सत्रबाट उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ।

Advertisement

ती कक्षामा ‘हाम्रो हेटौँडा’ नामक स्थानीय पाठ्यक्रम  लागू हुने हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन्। हाम्रो हेटौंडा नामको उक्त पुस्तकको छपाइ भइरहेको बताइएको छ।

Advertisement
Advertisement

सो पुस्तकमा स्थानीयस्तरको शैक्षिक ज्ञान र सीप, प्रविधि, पेशा, संस्कृति, प्राकृतिक पक्ष, संरक्षण तथा प्रवद्र्धनको विषय समेटिएको छ।

Advertisement

उक्त विषयको संरक्षणको जिम्मेवारी स्थानीय सरकारमा रहने भएकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको उनको भनाइ थियो। उपमहानगरमा ७६ सामुदायिक र ५० निजी गरी  १२६ विद्यालयका शिक्षकलाई नयाँ पाठ्यक्रमबारे  जानकारी गराइएको उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख गंगाधर रिमालले जानकारी दिए।

एक सय ६० पूर्णाङ्क रहेको सो पाठ्यक्रममा कक्षा १ देखि ३ सम्म हप्तामा पाँच घण्टा अध्ययन गर्नुपर्ने व्यवस्था रहेको प्रमुख रिमालले बताए। त्यसमा ६० प्रतिशत सैद्धान्तिक तथा ४० प्रतिशत अंक प्रयोगात्मक रहने बताइएको छ।रासस