
नेपालअखबार, काठमाडाैं । सांसद कलिला खानको बाल्यकालदेखि संसद्सम्मको सङ्घर्ष विमोचन भएको छ । नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद मंगलबार एक कार्यक्रमका विच खानको पुस्तकका लोकार्पण गर्नुभएको हो ।
पुस्तक लोकार्पण समारोहमा बोल्दै अध्यक्ष नेपालले पाठ्य संस्कृतिलाई बढावा दिन कार्यकर्ताहरूलाई जोड दिनुभयो ।
पुस्तकमा सांसद खानका बाल्यकाल देखि संसद्सम्मको संघर्षको कथालाई उल्लेख गरिएको छ ।
पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै सांसद खानले आफ्नो पुस्तकमा आफ्ना जिन्दगीका कथाहरु समेटिएको भन्दै अध्ययन पछि प्रतिकृयाको अपेक्षा गर्नुभयो ।

