Wednesday, July 15

काठमाडौंको फोहोर एक साता नउठ्ने, घरभित्रै सुरक्षित राख्न महानगरको आग्रह

नेपालअखबार, काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर कम्तिमा एक साता नउठ्ने भएको छ।

Advertisement

महानगरले एक सूचनाजारी गर्दै बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहेकाले तत्काल फोहोर उठाउन नसकिने बताएको हो।

Advertisement
Advertisement

महानगरले एक हप्ता सवारी साधन नचलाउन आग्रह गरिएको भन्दै त्यस अवधिमा फोहोर नउठाइने बताएको हो।

Advertisement

महानगरले कम्तीमा एक हप्ताका लागि घरबाट निस्कने फोहोरलाई सडक चोक र सार्वजनिक स्थानमा नफाली घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ।