Thursday, April 23

तनहुँको व्यासमा पुरुषको शव फेला

नेपालअखबार, तनहुँ। तनहुँको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।