Sunday, July 26

सशस्त्रमा १४ जना कामु एसएसपी र दुई एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

नेपालअखबार, काठमाडाै । सशस्त्र प्रहरी बलका १४ जना कामु एसएसपी र दुईजना एसपीलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको निर्णय अनुसार बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Advertisement

यसअघि कायम ४ वर्षे प्रावधानलाई संसोधन गरेर १६ जना अधिकृतहरु एसएसपीमा बढुवा सिफारिस भएका हुन् । प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाको नातेदार दिपेन्द्र कुँवरको दवावमा पदावधि संसोधन गरिएको सशस्त्र प्रहरीका उच्च अधिकारीहरु बताउँछन् ।

Advertisement
Advertisement

बढुवा समितिले क र ख जेष्ठता क्रम कायम हुनेगरी बढुवा सिफारिस गरेको छ । कामु एसएसपीबाट एसएसपी हुनेमा १ नम्बरमा प्रवीण कँडेल छन् । दिपेन्द्र कुँवर (ख), विष्णु प्रसाद भट्ट, दिग बिजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसीना, नीरकृष्ण अधिकारी, सुधीर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल, उद्धव बहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन लाई बढुवा सिफारिस गरिएको छ ।

Advertisement

शसस्त्र प्रहरी उपरिक्षक किरण ढुंगाना र शंकर खनाल पनि एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।