Tuesday, July 28

बाँकेमा एक नव विवाहिता दम्पती मृत फेला

नेपालअखबार, बाँके। बाँकेमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्।

Advertisement

बाँकेको कोहलपुर नगरपालिका- १४ पावतीपुरका २५ वर्षीय कृष्ण गडरिया र २३ वर्षीया उनकी श्रीमती मञ्जु गडरिया मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेले  जानकारी दिए।

Advertisement
Advertisement

यो जोडीले हालसालै बिहे गरेको खुल्न आएको डिएसपी न्यौंपानेले बताए।

Advertisement

‘घरको माथिल्लो तलामा दाइ भाउजु बस्दा रहेछन्,’ डिएसपी न्यौंपानेले भने, ‘आफ्नै घरको तल्लो तलामा बसेका नब विवाहित दम्पत्ति मृत फेला परेका हुन्।’

आफू घटनास्थलमै रहेको तथा घटना संकास्पद रहेको डिएसपी न्यौंपानेले जानकारी दिए।

कृष्णको शव घर बाहिर र मञ्जुको शव घरभित्र फेला परेको थियो। ‘पोष्टमार्टम नहुँदासम्म घटनाबारे भन्न सक्ने अवस्था छैन,’ डिएसपी न्यौंपानेले भने, ‘ सरसर्ती नियाल्दा विषादी सेवन गरी आत्महत्या गरेको जस्तो घटना देखिदैन।’

शब पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।