Tuesday, July 28

अवरुद्ध डुम्रे–आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो

नेपालअखबार, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको पाँच घण्टापछि पुन: सञ्चालनमा आएको छ।

Advertisement

आज बिहान करिब ३ बजेदेखि पहिरोले यो सडकखण्ड अवरूद्ध भएको थियो।

Advertisement
Advertisement

बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

Advertisement

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधान राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

लामो समय सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो। डोजरको सहायताले पहिरो पन्छाएपछि अहिले दुवैतर्फी सवारी साधन निर्वाधरूपमा सञ्चालन भएको छ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको अन्य सडक खण्डमा भने कुनै अवरोध नभएको उनले बताए।