Friday, April 24

प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणमा माओवादीले उठायो प्रश्न

नेपालअखबार, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणबारे प्रश्न उठाएका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माले एनुअल चिफ अफ डिफेन्स कन्फ्रेन्स’मा भाग लिन साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलिया भ्रमण गर्ने तय भएको छ ।

Advertisement

तर माओवादी केन्द्रका सांसदहरुले भने यो सम्मेलन अमेरिकाको इण्डोप्यासिफक रणनीति (आईपीएस)सँग जोडिएको भन्दै प्रधानसेनापतिको भ्रमणमाथि प्रश्न उठाएका छन् ।

मंगलबार संसदको शून्य समयमा बोल्दै माओवादी सांसद अमृता थापा आईपीएस सम्मेलनमा भाग लिए परराष्ट्र नीति विपरीत हुने बताएन् ।अर्का सांसद अन्जना विशंखेले संसदबाट एमसीसी पास गर्दा नै नेपाल आईपीएसको अंग हुने छैन भनेर घोषणा गरिएको स्मरण गर्दै सरकारलाई प्रश्न गरेकी छन्, ‘यो निर्णयलाई लत्याएर सरकारले प्रधानसेनापतिलाई आईपीएसको सम्मेलनमा कुन हैसिततले पडायो ?’