Saturday, July 25

काभ्रेमा ९ जनालाई डेंगी पुष्टि

नेपालअखबार, काभ्रे। काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ।

Advertisement

करिब एक महिनाअघि पाँचखालमा देखिएको डेंगीको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

Advertisement
Advertisement

काभ्रेमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेंगी सङ्क्रमित जिल्ला बाहिरका हुन्। ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगीको सङ्क्रमण भेटिएको थियो।

Advertisement

पाँचखालमा भेटिएका सङ्क्रमितको भने काठमाडौँस्थित एक अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईंका अनुसार हालसम्म जिल्लाको तीन स्थानीय तहमा डेङ्गु रोगको सङ्क्रमण भेटिएको हो।

सङ्क्रमित नौमध्ये मध्ये काभ्रेपलाञ्चोकको धुलिखेलका तीन, पनौतीका दुई र बनेपाका एक हुन्। यस्तै दोलखाका एक र सिन्धुपाल्चोकका दुई रहेको जनाइएको छ।

काठमाडौँमा उपचाररत सङ्क्रमितको अवस्था गम्भीर रहेकाले आइसियुमा राखिएको सेढाईंले बताए।

उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखा दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने र वाकवाकी लाग्ने, पेट दुख्ने, नाकबाट रगत बग्नु, शरीरमा रगत जमेको दाग देखापर्नु, बेहास हुने जस्ता डेंगीका लक्षण देखिन्छ। रासस