Sunday, July 26

जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

नेपालअखबार, रसुवा । जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्।

Advertisement

जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ।

Advertisement
Advertisement

उपचारका लागि बुधबार अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको तर उनीहरूले यहाँ के काम गर्ने हो भन्ने नखुलेको उनले बताए।

Advertisement

तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउ नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन्।