Thursday, July 9

श्रीमानको कुटाइले अछाममा श्रीमतीको मृत्यु

नेपालअखबार। अछाममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।

Advertisement

पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोला दोम्सीगाडाका ४० वर्षीया मान्मा बिकको श्रीमानको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

४८ वर्षीय पहेलु कामीले गए राति कुटपिट गर्दा उनको मृत्यु भएको हो।

Advertisement

श्रीमतीलाई कुटपिट गरेर पहेलु भागेका छन्।

उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।