Thursday, July 9

महोत्तरीमा छुरा प्रहार गरी पाँच लाख लुटियो

नेपालअखबार, महोत्तरी । महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको पाँच लाख रुपैयाँ लुटिएको छ।

Advertisement

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको पाँच लाख रुपैयाँ लुटेको हो।

Advertisement
Advertisement

आफ्नै गाउँमा बैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका अरुण शुक्रबार गौशालाबाट रकम बोकी प्र २–०२–००४प ३३४७ नम्बरको मोटरसाइकलमा घर जाँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाको समूहले रकम लुटेको थियो।

Advertisement

अरुणको मोटरसाइकल रोकी निजको तिघ्रामा छुराले हानेर घाइते बनाई रकम लुटेर सो समूह भागेको थियो।

छुरा प्रहारबाट घाइते भएका अरुणको गौशालास्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ भने लुटेराहरूको खोजतलास व्यापकरूपमा भइरहेको प्रहरीले जनाएको छ। रासस