
नेपालअखबार, काठमाडौं । सप्तकोशी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेवाट पश्चिम कटान गर्दै बस्ती पसेकाे छ ।
नदीले धार बदलेर गाउँ पासेपछि बेलकाका वडानम्बर १, २, ८ र ९ का नागरिकलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । उनीहरूलाई प्रभावकारी रुपमा छिटो स्थानान्तरण गरी राहतको बन्दोबस्त गर्न गृहमन्त्री खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

