Wednesday, July 29

अब जुम्लामै डायलासिस सेवा

नेपालअखबार, जुम्ला। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब डायलासिस सेवा सञ्चालन गर्ने भएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डायलासिस उपकरण (मेसिन) उपलब्ध गराएपछि उक्त सेवा सुरु हुन लागेको हो।

Advertisement

प्रतिष्ठानका निर्देशक डा राजीव शाहका अनुसार २०६८ मा स्थापना भएको प्रतिष्ठानमा मिर्गाैलारोगीको उपचार डायलायसिस सेवा दिने गरेको थिएन। मन्त्रालयले प्रतिष्ठानलाई ५ सेट डायलायसिस उपकरण उपलब्ध गराएपछि सेवा सञ्चालन गर्न लागिएको हो। उनले भने, ‘अस्पतालमा मिर्गाैलारोगी आउने गरेका थिए तर उपकरण नहुँदा सेवा दिन सकेका थिएनौं। अब जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ।’

Advertisement
Advertisement

अस्पतालले आकस्मिक सेवा, बहिरङ सेवा, अन्तरङ सेवा, शल्यक्रिया सेवा, प्रसूति सेवा, ब्लड बैंक, समुदायमा स्वास्थ्य सेवा, विस्तारित सेवा, एम्बुलेन्स सेवा र टेलिमेडिसिन सेवा दिँदै आएको प्रतिष्ठानले जनाएको छ।

Advertisement

यस्तै मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेश अस्पताललाई पनि चार थान डायलायसिस उपकरण उपलब्ध गराएको छ। रासस