Thursday, July 30

पछिल्लो २४ घन्टामा देशभर थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार बुधबार ९१५ जनामा संक्रमण पुष्टि भएको हो।  परीक्षण गरिएको १५ प्रतिशतमा देखिएको हो।

Advertisement
Advertisement

६ हजार २ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

Advertisement

तीन हजार ९१ जनाको पिसिआर र दुई हजार ९११ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५४३३ जना सक्रिय संक्रमित छन्।

३०१ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।