Thursday, July 9

यसपटकको चुनावमा लड्नैपर्ने र जित्नै पर्ने परिस्थितिको माग छ -अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ ।   नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले  यसपटकको चुनाव लड्नैपर्ने र जित्नै पर्ने परिस्थितिले माग गरेको बताउनु भएको छ ।

Advertisement

बिहीवार काठमाण्डौमा आयोजित नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो सङ्केत गर्नुभएको हो ।

Advertisement
Advertisement

अध्यक्ष नेपालले  अबको पाँच वर्षपछि भने सक्रिय राजनीतिबाट बिदा लिने सङ्केत समेत गर्नुभएको छ । ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरे पनि परिस्थितिले नदिएको र यस पटकको चुनाव लड्नै पर्ने परिस्थिति सृजना भएको भन्दै  ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गर्नुभयो । उहाँले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिस्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताउनुभयो ।  यस पटकको चुनावमा त लड्नै पर्छ । जित्नै पर्छ । राजनीतिलाई एउटा मोडमा पुर्‍याउनै पर्छ । चुनावको मिति घोषणा भइ पनि सकेको छ । डराएछ कि के हो माधव नेपाल भन्ने पर्ला । सामना गरेर, चुनावमा उठेर, विजयको ढोका बजाएर तपाईँहरूको बीचमा मैले फेरि आउनुपर्नेछ ।’

Advertisement

अध्यक्ष नेपालले आउँदो प्रदेश र सङ्घको चुनावमा पाँच दलीय गठबन्धन गरेरै प्रतिस्पर्धा गर्ने उद्घोष गर्नुभयो । उहाँले भोलि शुक्रवारको बैठकमा पाँच दलीय गठबन्धनको तर्फबाट आउँदो चुनावमा मिलेर प्रतिस्पर्धा गर्ने कुराको घोषणा हुने बताउनु भयो । अव आफूहरु तेस्रो शक्ति बनाउन पार्टीहरू एकजुट भइरहेको उल्लेख गर्दै शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी एक ठाउँमा हुनुपर्ने आवश्यकता भएको बताउनुभयो ।

अध्यक्ष नेपालले नेपाली कांग्रेसमा हामी नै सबै थोक हौँ भन्ने आशङ्का परेको व्यक्त गर्दै अरू पार्टी पनि मैदानमा छन् भन्ने सोच्न जरुरी रहेको बताउनुभयो ।  त्यसकारण हामी पनि केही हौं भन्ने समय आएको छ। यस्तो अवस्थामा अझै अर्को चुनावी मोर्चा बनाउनुपर्ने, वाम शक्तिहरु मिल्नुपर्ने हुन्छ ।’

पुस्तक माथि एकीकृत  समाजवादीका महासचिव डा.वेदुराम भुसाल,प्रा..डा. इन्दु आचार्य,डा.ढाकाराम सापकोटाले प्रकाश पार्नु भएको थियो ।