Wednesday, July 15

हरिणको आक्रमणबाट वृद्धाको मृत्यु

नेपालअखबार, महाेत्तरी। महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ।

Advertisement

बर्दिबास नगरपालिका–८ सतखोलीकी ८० वर्षीया सुनमाया विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

Advertisement
Advertisement

सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जान आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।

Advertisement