Wednesday, July 15

असोज २३ मा उम्मेदवारी दर्ता निर्वाचन आयोगकाे कार्यतालिका

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ।

Advertisement

सोमबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो।

Advertisement
Advertisement

जसअनुसार असोज २३ मा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय दिइएको छ।

Advertisement

असोज ११ मै निर्वाचन अधिकृतहरू नियुक्त गरिने र असोज २१ भित्र निर्वाचन अधिकृत कार्यालय खोल्ने कार्यतालिका छ।

कात्तिक २७ मा मतपत्र ढुवानी गरिने र मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्वाचन हुने आयोगको कार्यतालिका छ।

समानुपातिकतर्फ भने साउन ३० मा कार्यालय स्थापना हुनेछ। असोज २ र ३ गते दलहरूले उम्मेदवारको बन्द सूची पेश गर्नुपर्ने हुन्छ।

निर्वाचन कार्यतालिका स्वीकृत भएको र यसै कार्यतालिकाअनुसार आयोगले काम सुरू गर्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

आयोगले यो कार्यतालिका सार्वजनिक भने नगर्ने उनले बताए। ‘समयवद्ध काम गर्न आयोगले बनाएको यो आन्तरिक कार्यतालिका हो। हामी समानुपातिकतर्फको कार्यतालिका भने राजपत्रमा प्रकाशित गरेर सार्वजनिक गर्छौं,’ उनले भने।

आयोगले बनाएको कार्यतालिकामा पछि केही हेरफेर पनि गर्न सकिने उनको भनाइ थियो।