Wednesday, July 15

पोखरामा लागु औषधसहित ४ जना पक्राउ

नेपालअखबार, पोखरा। कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले विभिन्न स्थानबाट लागु औषधसहित ४ जनालाई पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका -९ स्थायी घर भइ हाल पोखरा -३० खत्रिचोक बस्दै आएका ४४ वर्षीय सन्तोष भन्ने ईन्द्रमान गुरुङ, पोखरा -१३ बाझापाटन बस्ने ४० वर्षीय विकास गुरुङ, पोखरा -३१ भलाम बस्ने सावन वि.क र पोखरा -३० घर भइ हाल बगालेटोल बस्दै आएका ५३ वर्षीय कुमार गुरुङ छन्।

Advertisement
Advertisement

प्रहरीले उनीहरुको साथबाट विभिन्न परिमाणमा डाईजेपाम, फेनेरागन, नुर्फिन लगायतका कूल ३७० एम्पुल अवैध लागु औषध वरामद गरेको छ।
उनीहरु सबैमाथि लागु औषध समबन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थपको अनुमती लिएर आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

Advertisement