Wednesday, July 15

ढिकुरपोखरिमा तिज मेला हुने

नेपाल अखबार पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १, २, ३ स्थित ढिकुरपोखरीमा यसवर्ष तीजमेला हुने भएको छ ।स्थानीय ढिकुरपोखरी युवा संजालको आयोजनामा हुने उक्त मेला अन्र्तगत ११ ए साइड फुटबल प्रतियोगिता, तीजगीत प्रतियोगिता, रस्साकस्सी, घैटोफुटाई लगायतका प्रतियोगिता गर्न लागिएको संजालका महासचिव दिलबहादुर जिसीले जानकारी दिनुभयो।
मेलाको तयारी अन्र्तगत आज युवा भेला वसी नविन गिरी संयोजक तथा किरण गुरुङ सहसंयोजक रहेको ३१ सदस्यिय मूल आयोजक समिति गठन पनि गरिएको छ।
ढिकुरपोखरीमा १० औं वर्षदेखि तीजमेला हुँदै आएकोमा कोरोनाका कारण पछिल्लो दुई वर्ष मेला हुन सकेन भने यसवर्षदेखि मेलालाई निरन्तरता दिन लागिएको हो ।

Advertisement
Advertisement

Advertisement