
नेपालअखबार, काठमाडाैं । भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेको छ । खोलाले कटान गरी आसपासका बस्तीमा पसेको हो ।
मंगलबार रात बाढी पसेपछि खोला आसपासका केही बस्ती डुवानमा परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
बाढीले करिब १०० घर प्रभावित भएका छन् भने केही फर्ममा क्षति भएको छ । चाँगुनारायण नगरपालिका-४ निलोपुल नजिक रहेको बंगुर फर्म बगेको छ ।
वडानम्बर १ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरा डुबानमा परेको र त्यहाँबाट चार जना नगरिकको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

