सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल’को तेस्रो सिजनको मिति सार्वजनिक भएको छ । आगामी पुष ३ गतेबाट नेपाल आईडलको तेस्रो सिजनको प्रसारण सुरु हुने आयोजकको भनाई छ ।
तेस्रो सिजनको अडिसन राउन्डका सबै श्रृंखला छायांकन भइसकेको आयोजकले जनाएको छ । नेपाल आईडलको तेस्रो सिजनका लागि पनि निर्णायकका रुपमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी नै रहने छन् ।
यसअघिका दुई सिजनमा ‘सो’ को होस्ट गरेकी रिमा विश्वकर्मा भने यो सिजनमा देखिने छैनन् । उनी उनको ठाउँमा माम्तीले शो सञ्चालन गर्ने बताईएको छ । रिमा ‘कमेडियन च्याम्पियन’ शो तर्फ लागेपछि उनको ठाउँमा माम्तीलाई प्रवेश गराईएको हो ।
‘नेपाल आइडल’ पहिलो सिजनको उपाधि बुद्ध लामा र दोस्रो सिजनको उपाधि रवी ओडले जितेका थिए ।

