Sunday, July 5

सहरी विकास मन्त्री चौधरीले भने जनताको काम गर्दा हत्कडी लाउन परे पनि तयार

नेपालअखबार, काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हत्कडी लाउन परे पनि तयार हुनुपर्ने धारणा राख्नुभएको छ ।

Advertisement

मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८÷७९ को वार्षिक प्रस्तुतिकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भन्नुभयो, ‘कर्मचारीहरु कसरी हुन्छ जनताका काम पन्छाउन पाए हुन्थ्यो भनेर सोच्नुहुन्छ । तर हामी राजनीति गर्नेहरु जनताको पक्षमा काम गर्दा हत्कडी लाउन समेत तयार हुनुपर्छ ।’

Advertisement
Advertisement

जनताको काममा ढिलाइ गर्नै नहुने बताउनुभएका मन्त्री चौधरीले अहिले पनि हामी दशकौँ पूरानो ३५ दिने सूचना निकाल्ने, लो बिडमा ठेक्का दिने, त्यसपछि सेटिङ र कमिसनमा जाने, डिपिआर सक्न महिनौँ लगाउँने, काम समयमा सुरु नगर्ने, पैसा लिइहाल्ने, म्याद थप्ने, खर्च बढाउने जस्ता काममा लागेकाले यसरी मलुक नबन्ने बताउनुभयो ।

Advertisement

‘३५ दिने सूचना अवधिलाई ७ देखि १० दिनमा झारौँ । कम्तिमा २० दिनमा काम सुरु गरौँ । ठेकेदारले आयोजनालाई दुहुनो गाइ बनाउने काम तत्काल रोकौँ,’ सहरी मन्त्री चौधरीले भन्नुभयो ।

पहिला सहर बसाउने अनि बल्ल डिपिआर गर्ने प्रचलन रहेको बताउँदै उहाँले अब नयाँ ठाउँमा नयाँ सहर बनाउने र डिपिआर पूरा गरेपछि मात्र व्यवस्थित संरचना बनाउन सुरु गर्नुपर्ने धारणा समेत राख्नुभयो ।