Sunday, July 5

मानव वन्यजन्तु द्धन्द्ध नियन्त्रण र व्यवस्थापनका कार्यक्रम चाडो अघिसार्न निर्देशन

विमल विष्ट,  काठमाडौँ।  वन तथा वातावरणमन्त्री प्रदीप यावदले पछिल्लो समय मानव वन्यजन्तुबीच द्धन्द्ध बढ्दै गएकाले यस्को नियन्त्रण तथा दीगो व्यवस्थापनका कार्यक्रमहरु लागु गर्न निर्देशन दिनु भएको छ । आज मन्त्रालयमा आयोजना गरिएको मन्त्रालय स्तरीय विकास, समस्या समितिको बैठकमा मन्त्री यादवले मानव वन्यजन्तुबीच द्धन्द्ध कम गराउने खालका कार्यक्रम तथा योजनाहरु तत्काल लागु गर्न मातहतका निकाय तथा विभागहरुलाई निर्देशन दिनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, “वन्यजन्तुका वासस्थानमा सुधार ल्याउने तथा उनीहरुको दीगो व्यवस्थापनका कार्यक्रम लागु गर्नुस, मानव वन्यजन्तुबीचको द्धन्द्ध कम गराउने योजना चाडो लागु गरौँ ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले वन मन्त्रालयका कर्मचारी, मातहतका निकाय, विभागहरुका कार्यक्रमले अहिले नेपालमा बाघको सङ्ख्यामा बृद्धि हुनुका साथै नेपालको वन क्षेत्र पनि जोगिएको भन्दै उहाँहरु प्रति धन्यवाद समेत प्रदान गर्नुभयो । यसैगरी मन्त्री यादवले वन क्षेत्र उपलब्ध गराउने विषय, वातावरणीय अध्यन सम्बन्धिका विषयहरुलाई अन्य सम्बन्धित मन्त्रालयहरुसँगको समन्वयमा छिटो छरितो गर्दै लैजान समेत निर्देशन दिनुभयो ।

Advertisement
Advertisement

सोही कार्यक्रममा बोल्नु हुँदै राष्ट्रिय योजना आयोगका माननीय सदस्य सलौनी प्रधानले वन तथा वातावरण मन्त्रालयले अघिसारेका पर्यावरण, वन जङगल, वन्यजन्तु र जलस्रोतको संरक्षण सहित विकासको मोडलका कार्यक्रमहरुलाई राष्ट्रिय योजना आयोगले पनि सहयोग गर्ने जानकारी दिनुभयो । उक्त कार्यक्रमा वन तथा वातावरणमन्त्रालयका सचिव डा.पेमनारायण कडेल, सातवटै प्रदेश स्थित वन मन्त्रालयका सचिव तथा मन्त्रालय मातहतका निकाय, बिभिन्न विभागका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Advertisement