Friday, April 24

हिंसामा परेका महिलाको सारथि बन्दै गोरेटो नेपाल

कपिल पौडेल, पोखरा ।
पछिल्लो समयमा समाजमा बाल श्रम तथा यौन शोषण तथा घरेलु हिंसा का घटनाहरु बाहिरिने क्रम बढिरहेका छन् । बढ्दो बेरोजगारि समस्या, लागुपदार्थ को दुर्वेशनि, अशिक्षा, जनचेतनाको कमि जस्ता समस्या बाट ग्रसित समाजमा यौन तथा घरेलु हिंसाका घटना बढ्दै गएका छन् । जघन्य अपराधका अपराधि हरु पक्राउ नहुनु र कमजोर कानुनि व्यवस्थाका कारण अपराधिहरु खुलेआम हिड्न सक्ने हुदा अपराधिक गतिबिधि बढ्दै गएका छन् ।
बालश्रम शोषण, यौन शोषण तथा घरेलु हिंसा का घटनाहरु निरुत्साहित गर्ने उदेश्यका साथ समाजमा बिभिन्न किसिमका संघ संस्थाहरु स्थापना भएका छन् ।बढ्दो बेरोजगारि समस्या, लागुपदार्थ को दुर्वेशनि, अशिक्षा, जनचेतनाको कमि जस्ता समस्या समाधानको लागि बिभिन्न संघ संस्थाहरु क्रियाशिल हुने गरेका छन् ।
मनोरन्जन क्षेत्रमा सक्रिय महिलाहरु का समस्या समाधान तथा पुर्नउत्थान का क्षेत्रमा बिगत १० बर्षदेखि सक्रिय रहेको गोरेटो नेपालले यौन शोषणमा परेका महिला तथा बालबालिका लाइ उद्दार तथा परामर्श दिने गरेको संस्था कि अध्यक्ष बिमला गुरुङ ले बताइन । उनले भनिन हामिले बिभिन्न संघ संस्था तथा दातृ निकाय संग सहयोग संकलन गरेर प्रजनन स्वास्थ्य को वारेमा उचित परामर्श दिने, आवश्यक सिपको व्यवस्था गर्ने गरेका छांै ।
संस्थाले हालसम्म सिलाइ कटाइ, ब्युटिशियन, चप्पल बनाउने लगाएत दर्जनबढि तालिम उत्साहजनक रुपमा सन्चालन गरेपनि बिउ पुजिको अभावले व्यवसायिक प्रवर्दनमा सहयोग गर्न नसकिएको संस्थाकि कोषाध्यक्ष माया तामाङले बताइन ।
उनले भनिन बैदेशिक रोजगार बाट फर्किएका महिलाहरुका लागि उचित सिप सिकाउने र व्यावसायिक प्रवद्र्दन मा समेत सहयोेग गर्ने गरेको छौं ।

Advertisement