Thursday, August 6

भण्डारढिकको दीपशिखा पुस्तकालयमा अन्तरक्रिया

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका वडा नं २९ मा अवस्थित दीपशिखा सामुदायिक पुस्तकालयमा सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रममा बोल्दै पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुडले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी दीपशिखा पुस्तकालयले रिड नेपाल र दियो परियोजनाको सम्वन्यमा गरेका कार्यहरुको प्रशंशा गदै पोखरा महानगरले यस किसिमका कार्यलाई सधंै प्रोत्साहन गर्ने बताईन् । वैदेशिक रोजगारीमा जानेहरु रहर, बाध्यता, लहै लहै जसरी विदेश गएपनि उनीहरुलाई परेका समस्यामा सहयोग गर्नु पर्ने उनले वताइन् ।

Advertisement
Advertisement

संस्थाका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरका वडा नं २,३,४,२६,२७,२८,२९,३०,३१,३२ नं वडाका वडाध्यक्षहरुले आ आफना वडामा भए गरेका कामहरुको जानकारी गराउदै वैदेशिक रोजगार सम्बन्धी समस्यामा वडाको तर्फबाट अझै पहलकदमी अगाडि वढाउने बताएका थिए ।

Advertisement

इलाका प्रहरी कार्यालय हंसपुर डाँडाको नाक प्रहरीचौकीका इन्र्चाज डिएसपी प्रकाश दहालले वैदेशिक रोजगारीमा सचेतना आवश्यक रहेकामा जोड दिदै मानव तस्करी, ठगी जस्ता कार्यलाई नियन्त्रण गर्न सहकार्यका लागि आग्रह गरे ।

नेपाल टेलिभिजनका पत्रकार परशुराम शर्माले समाजमा वैदेशिक रोजगारबाट फर्केका मानिसहरु कसरी कुन अवस्थामा गुजिरहेका छन त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

अन्तरक्रियामा वोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले अध्ययन केन्द्रको अलावा लाईब्रेरीले सिकाईका विविध पाटोलाई समेटेकोमा खुशी व्यतm गरेका थिए ।

कार्यक्रममा लाईबेरीका सदस्य एवम् महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेलले स्वागत गरेकी थिइन भने कार्यक्रम सयोजक माधव भण्डारीले कार्यक्मको उद्देश्य माथि प्रष्ट पारेका थिए । रिड नेपालका साजन थापाले पुस्तकालय सगै रिड नेपालले सम्झौता गरेका कार्यक्रम स्थानीय तहले गनुपर्ने काम भएकाले यस कार्यक्रममा स्थानीय तहसग समन्वय गरी कार्यक्रम गर्दा सुरक्षित आप्रवासन कार्यक्रमले समुदायलाई परेका समस्या समाधानमा सजिलो हुने बताएका थिए ।

दीपशिखा पुस्तकालयका सचिव पदमप्रसाद अधिकारी, लेखनाथ उद्योग बाणिज्य संघका महासचिव उपेन्द्र सुवेदी,कार्यपालिका सदस्य निर्मल दियाली,पूर्व वडाध्यक्ष चेत बहादुर गुरुङ्ग, पुस्तकालयकी धनु पहारी, दीपशिखा महिला सहकारीकी अध्यक्ष गोमा आचार्य लगायतले अन्तकृयामा आआफ्रना भनाइ राखेका थिए ।

दीपशिखा पुस्तकालयले त्रिभुवन विश्वविद्यालयको केन्द्रिय लाइब्रेरी तथा भारतको नेशनल लाइब्रेरी अफ इण्डिया संग समन्वय गरी ईलाइब्रेरीका माध्यमले त्यहाँ उपलब्ध किताबहरु पनि पढ्न सकिने व्यवस्था मिलाएको छ ।