Wednesday, July 22

भूकम्पले क्षति पुगेका ११ साँस्कृतिक सम्पदा पुनर्निर्माणका लागि सम्झौता

काठमाडौं– नेपालमा ११ वटा साँस्कृतिक सम्पदाको भूकम्प पश्चातको पुनर्निर्माणका लागि काठमाडौं स्थित भारतीय राजदूतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इनटाच) सँगको सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
उक्त सम्झौतापत्रमा भारत सरकारको तर्फबाट काठमाडौं स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार तथा इनटाचका सदस्य सचिव श्रीमती डा. सि. टी मिश्रले हस्ताक्षर गरेका थिए ।

Advertisement
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ अधिकारी तथा नेपालका लागि भारतीय राजदूत श्री मन्जीव सिंह पुरीले समेत समारोहमा उपस्थिति जनाएका छन् ।

इनटाचले काठमाडौं, ललितपुर, भक्तपर र सोलुखुम्बु गरी चार जिल्लाका ११ वटा साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्नेछ ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *