Wednesday, September 30

अर्थ

सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
अर्थ, समाचार

सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

नेपालअखबार, काठमाडौं । आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएकोमा आज ४ हजार ७९५ रुपैयाँ कायम भएको छ ।...
तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन
अर्थ, समाचार

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

नेपालअखबार, काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यो साताको पहिलो दिन आइतबार सुनको मूल्य ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो ।त्यस्तै आज चाँदीको भाउ तोलामा २५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६ सयमा झरेको छ । साताको पहिलो दिन आइतबार चाँदीको भाउ ४ हजार ७६५ रुपैयाँ थियो ।...
युद्धले आयातमा अवरोध आएपछि इराकमा इन्धन अभाव
अर्थ, विश्व, समाचार

युद्धले आयातमा अवरोध आएपछि इराकमा इन्धन अभाव

नेपालअखबार, बग्दाद । मध्यपूर्व युद्धको कारण इराकमा पेट्रोल आपूर्ति घटेको कारण शनिबार बगदादमा इन्धन स्टेशनहरूमा लामो लाइन लागेको जनाइएको छ । पछिल्लो समयमा क्षेत्रीय शत्रुता बढ्दै जाँदा, बगदाद र अन्य प्रान्तहरूमा सरकारद्वारा सञ्चालित इन्धन स्टेशनहरू बाहिर लामो लाइनहरू लागेको जनाइएको छ । इराकको पेट्रोलको औसत दैनिक खपत तीन करोड ३० लाख लिटर छ, तर अधिकारीहरूका अनुसार मानिसहरू अभावका कारण माग बढेर तीन करोड ८० लाख पुगेको छ । क्षेत्रीय घटनाहरू र चलिरहेको द्वन्द्वले इराकी बन्दरगाहहरूमा तिनीहरूको आगमनमा ढिलाइ गर्दै ट्याङ्कर आवागमनमा चुनौतीहरू निम्त्याइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ । मन्त्रालयले नागरिकहरूलाई आवश्यक पर्ने मात्रा मात्र इन्धन किन्न र भण्डारणका लागि भीडभाड नगर्न आग्रह गरेको छ भने ऊर्जा मन्त्री बासेम मोहम्मद खुदैरले “पेट्रोलको अस्थायी अभाव” लाई सम्बोधन गरिरहेको र आपूर्ति स्थ...
सुनको मूल्य तोलामा २ हजार ४ सय घट्यो
अर्थ, समाचार

सुनको मूल्य तोलामा २ हजार ४ सय घट्यो

नेपालअखबार,काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ तोकेको छ । यसअघि हिजो ३ लाख ९ हजार रुपैयाँ थियो । अघिल्लो दिन पनि सुनको मूल्य ९ हजार ५ सय रुपैयाँ घटेको थियो । यसअघि शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो । चाँदीको मूल्य आज स्थिर छ । अघिल्लो दिनकै मूल्य ४ हजार ७८० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदीको भाउ ४ हजार ९६५ रुपैयाँ थियो ।...
रसुवा बाढी प्रभावितलाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहायता
अर्थ, प्रशासन, समाचार

रसुवा बाढी प्रभावितलाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहायता

नेपालअखबार, काठमाडौं । विनाशकारी बाढी र पहिरोबाट प्रभावित नेपाललाई श्रीलंकाले १० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले २७ अगस्ट २०२६ मा एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। विज्ञप्तिका अनुसार, श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा भइरहेको मानवीय तथा राहत कार्यमा सघाउन सरकारलाई उक्त आर्थिक योगदान उपलब्ध गराउन निर्देशन दिएका हुन्। राष्ट्रपति दिसानायकेले विपद्का कारण भएको ज्यानको क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवार, नेपाल सरकार र नेपाली जनताप्रति श्रीलंकाको तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन्। नेपाल र श्रीलंकाबीचको लामो र घनिष्ठ मित्रता तथा ऐक्यबद्धताको स्मरण गर्दै राष्ट्रपतिले यस सङ्कटको घडीमा श्रीलंका नेपाली जनताको साथमा दृढतापूर्वक उभिएको बताएका...
बाढीपीडितका लागि युरोपियन युनियनले २० लाख युरो सहयोग गर्ने
अर्थ, विश्व, समाचार

बाढीपीडितका लागि युरोपियन युनियनले २० लाख युरो सहयोग गर्ने

नेपालअखबार,काठमाडौं । युरोपियन युनियन (ईयू) ले रसुवा बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ । ईयूले शनिबार विज्ञप्ति जारी गरी आपत्कालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाइलगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो । ईयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन थालिसकेका छन् । ‘उक्त सहायता यस वर्षको सुरुआतमा नेपालमा विपद् पूर्वतयारीका लागि विनियोजन गरिएको करिब ३० लाख युरो मानवीय सहायताको अतिरिक्त हो,’ विज्ञप्तिमा भनिएको छ, ‘विपद्पछि नेपालमा रहेका ईयूका साझेदार संस्थाहरूले पूर्वतयारी अवस्थामा राखिएका आश्रय सामग्री तथा राहत सामग्री वितरण गर्दै तत्काल सहयोग सुरु गरेका थिए ।’ ईयूले प्रतिकार्य समन्वय गर्न एसियाका लागि ‘र्‍यापिड रेस्पोन्स ...
बाढीपीडितलाई पोखरा विश्वविद्यालयको ७० लाख सहयोग
अर्थ, शिक्षा, समाचार

बाढीपीडितलाई पोखरा विश्वविद्यालयको ७० लाख सहयोग

नेपालअखबार, काठमाडौं । रसुवा बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ७० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउन उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो। विश्वविद्यालयका रजिष्ट्रार प्रा. हरिबहादुर खड्काद्वारा जारी सूचनाअनुसार, विश्वविद्यालय र मातहतका निकायमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको भदौ महिनाको पारिश्रमिकबाट कटौती गरी उक्त रकम जम्मा गरिनेछ। कसको योगदान कति ? विश्वविद्यालयको केन्द्रीय लेखाशाखामार्फत कट्टा गरिने सहयोग रकमको विवरण यसप्रकार छ: उपकुलपति : एक महिनाको तलब बराबरको रकम प्राध्यापक, प्रशासक, सहप्...
बाढीमा १३ सय वटाभन्दा बढी गाडीमा क्षति
अर्थ, समाचार, समाज

बाढीमा १३ सय वटाभन्दा बढी गाडीमा क्षति

नेपालअखबार, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजार तीन सय वटाभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले करिब ६०० मालवाहक, ३०० यात्रुवाहक सवारी साधन र भन्सारमा जाँचपासका लागि राखिएका ४०० सवारी साधनमा क्षति पुगेको जानकारी दिए। 'सामान लिन भन्सार नाकामा गएका, यात्रु लिएर रसुवा र गोसाइँकुण्ड गएका तथा भन्सारमा जाँचपासका लागि राखिएका गरेर १३ सय वटाभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ। निजी सवारी साधनमा भएको क्षतिबारे अझै यकिन गर्न सकिएको छैन,' महासचिव गौतमले भने। बाढीले चीनको केरूङ नाकामा सामान लिन गएका र भन्सार जाँचपासका लागि राखिएका सयौं ट्रक, कन्टेनर, यात्रुवाहक बस, माइक्रोबस र नयाँ सवारी साधनमा क्षति पुर्‍याएको महासंघले जनाएको छ। महासचिव गौतमले अर्को सूचना नभएसम्मका लागि प्रभावित क्षेत्रका सबै यातायात सेव...
आज सुनको मूल्य बढ्यो
अर्थ, समाचार

आज सुनको मूल्य बढ्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७३ हजार ९ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य भने आज प्रतितोला ४ हजार ९७५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।...
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
अर्थ, समाचार

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

नेपालअखबार,झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार रु १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल आयात भएको छ भने डिजेल रु नौ अर्ब ५५ करोड ४९ लाख सात हजार र एलपिजी रु दुई अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको आयात भएको छ । आर्थिक वर्ष २०८१-८२ मा पेट्रोल रु आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार र डिजेल रु सात अर्ब तीन करोड ३२ लाख १९ हजार बराबरको आयात भएको थियो । उक्त कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थ आयात गरी गत आवमा पेट्रोलबाट रु पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार र डिजेलबाट रु दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार राजस्व सङ्कलन भएको छ ।...