Wednesday, July 15

पोखराको पावरहाउसबाट ६०० एम्पुल लागु औषधसहित २० वर्षीय युवक पक्राउ

नेपालअखबार, पोखरा। कास्की प्रहरीले अवैध लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ।

Advertisement

शनिबार साँझ अन्दाजी ७:४५ बजेको समयमा पोखरा महानगरपालिका -३० पावरहाउसबाट लागु औषधसहित नवलपरासी सुस्ता पश्चिम पाल्हीनन्दन गाउँपालिका सनही घर बताउने २० वर्षीय दिपेश लोहारलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

Advertisement
Advertisement

प्रहरीका अनुसार पावरहाउस स्थित सडकमा सवारी चेकिङको लागि खटिएको प्रहरीको टोलीले नारायणगढबाट पोखरातर्फ आउंदै गरेको माइक्रो हाईसबाट लागु औषधसहित ती युवालाई पक्राउ गरेको हो।

Advertisement

प्रहरीले उनको साथबाट नुर्फिन २०० एम्पुल, डाईजापाम २०० एम्पुल र फेनरागन २०० एम्पुल गरि जम्मा ६०० एम्पुल लागुऔषध वरामद गरेको छ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।