
नेपालअखबार, काठमाडौ । श्रम मन्त्री शेरबहादुर कुवर र एकीकृत ट्रेड युनियन महासंघ नेपाल आइसिटियू बिच भेटवार्ता भएको छ । बुधबार नेकपा ( एकीकृत समाजवादी ) को पार्टी कार्यालय आलोकनगरमा भएको भेटमा श्रमिकहरूको समस्या र समाधान, यातायात क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गर्ने सम्बन्ध र मजदुर विरोधी ऐन कानुन संशोधन लगायत विषयमा गम्भीरतापूर्वक छलफल भएको एकीकृत ट्रेड युनियन महासंघ नेपाल राष्ट्रिय कमिटी सदस्य रवि केसीले बताउनु भयो ।

