Friday, July 3

जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सापकोटाको समूह प्रथम

नेपालअखबार, पाेखरा । अनेरास्ववियू कास्की जिल्ला कमिटी द्वारा आयोजित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। २३ समूह बीच भएको प्रतीयोगितामा श्याम प्रसाद सापकोटाको समूह प्रथम सन्देश लामिछानेको समूह द्दित्तिय र माधव भट्टराईको समूहले तृतीय स्थान प्राप्त गर्न सफल भएको छ साथै बिजयी प्रतियोगीहरुले प्रथम पुरस्कार बापत १० हजार , द्दित्तिय पुरस्कार ७ हजार र तृतीय पुरस्कार रु ५ हजार नगद र मेडल समेत प्राप्त गरेका छन ।

Advertisement

नेकपा एकीकृत समाजवादी कास्की जिल्ला सचिब क.होम नेपालीको प्रमुख आतिथ्यता र अनेरास्ववियू कास्कीका अध्यक्ष क. बज्रराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिको रुपमा अनेरास्ववियू केन्द्रिय उपमहासचिव क. राजन शर्मा पराजुली रहनु भएको थियो भने अतिथिहरु अनेरास्ववियू स्थायी कमिटि सदस्य क. सन्तोष न्यौपाने,केन्द्रिय सचीवालय सदस्य बिकास रेग्मी,सुर्यदेब लामीछाने,नेकपा एस कास्कीका सचीवालय सदस्य चक्र बिक,नेकपा एस पोखरा महानगरका सचीवालय सदस्य बिकास पहारी ,युवा संघ नेपालका केन्द्रिय सचीवालय सदस्य एबम नेकपा एस पोखरा महानगरका सचीवालय सदस्य आशिष पौडेल ,नेकपा एस महानगर कमिटी सदस्य सुनिल आचार्य ,युवा संघ नेपालका केन्द्रिय सचीवालय सदस्य प्रकाश तिमिल्सिना लगायत बिद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement

कार्यक्रमको सन्चालन जिबन अधिकारी र स्वागत मन्तव्य पुजा दवाडीले गर्नु भएको थियो भने प्रतियोगिताको संचालन सन्तोष न्यौपानेले गर्नु भएको थियो।

Advertisement