Friday, July 3

स्विडेनमा १६ वर्षपछिकै सबैभन्दा कम जन्मदर

नेपालअखबार, एजेन्सि। स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्याङ्क सार्वजनिक भएको छ। सन् २०२२ को पहिलो ६ महिनाको जन्मदर १६ वर्षपछिकै सबैभन्दा कम रहेको देखिएको हो।

Advertisement

स्विडेनका तथ्याङ्क अधिकारीहरूले दिएको जानकारी अनुसार यस अवधिमा ५४ हजार ६ सय ५० शिशु जन्मिएका छन्। यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ६ दशमलव ७ प्रतिशत कम हो।

Advertisement
Advertisement

सन् १०९९ मा ०.१ प्रतिशत जन्मदर रहेको स्विडेनमा त्यसपछि क्रमशः बढेर सन् २०१७ मा १.३ प्रतिशत पुगेको थियो। त्यसपछि लगातार जन्मदर घटेको स्विडेनमा सन् २०२१ मा ०.६ प्रतिशतमा झरेको थियो।

Advertisement

जन्मदर घट्नुको पछाडि धेरै कारण हुन सक्ने विज्ञहरूले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। प्राध्यापक गुनार अन्डेर्सनका अनुसार कोरोना भाइरसको महामारी, कोरोना विरुद्धको खोप अभियान, आर्थिक सङ्कटलगायतका कारण जन्मदर घटेको बुझ्न सकिन्छ ।

गएको जुन ३० सम्मको तथ्याङ्क अनुसार स्विडेनको कुल जनसङ्ख्या १ करोड ४ लाख ८७ हजार ८ सय ५९ रहेको छ।