Saturday, July 11

वाइसिएलको दोस्रो राष्ट्रिय भेला राजधानीमा

नेपालअखबार, काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका वामपन्थी शक्तिहरूलाई एकतावद्ध बनाउन आफूहरूले कोसिस गरिरहेको बताएका छन्।

Advertisement

कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थी शक्तिहरू मिल्नुपर्ने प्रचण्डको भनाइ थियो।

Advertisement
Advertisement

आज काठमाडौंमा आयोजित माओवादीको भ्रातृ संगठन, वाइसिलको दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले शान्तिपूर्ण फौजका रूपमा वाइसियलले काम गर्नुपर्ने बताए।

Advertisement

वाइसियलमा युद्ध लडेका र त्याग र बलिदानी गरेकाहरू रहेको उनले बताए। ‘वाइसियलमा वैचारिक एकता हुनुपर्छ,’ उनले भने।

उनले माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति गर्न सकिने बताए।

‘माओवादी नेतृत्वमा समाजवादी क्रान्ति गर्न दुनियाँको कुनै तागतले रोक्न सक्दैन,’ उनले भने।

उनले पद पाउनका लागि हिजोआज प्रतिस्पर्धा हुन लागेको बताए। ‘संघर्षतिरभन्दा पद पाउनका लागि प्रतिस्पर्धा हुन थाल्यो। यो नमीठो अनुभव छ,’ उनले भने।

उनले वाइसियललाई आफूहरू सहायक संगठन भएको भन्दै विश्राम लिन छुट नभएको पनि बताए।