Friday, May 15

खुल्ला तीज गीत प्रतियोगिता–२०७९काप्रथम पुरस्कार प्रायोजक

नेपालअखबार, पोखरा ।  निति प्रेस मिडिया प्रालिले नेपाली महिलाहरुको महान चाँड हरितालिका तीजको अवसरमा आयोजना गर्ने खुल्ला तीज गीत प्रतियोगितामा दुर्गाबहादुर भट्टराईले पुरस्कार प्रायोजन गर्ने भएका छन् । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर ५ पिडीखोला स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर १४ बस्दै आएका भट्टराईले सो तीज गीत प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका हुन् । भट्टराई गैर आवासीय नेपाली संघ ९एनआरएनए० रसियाका पूर्व सचिवपनि हुन् ।
भट्टराईले तीज गीत प्रतियोगिताको प्रथम पुरस्कार बिजेतालाई प्रदान गर्ने ३० हजार प्रदान गर्ने सम्झौता भएको कार्यक्रम संयोजक गणेश लम्सालले जानकारी दिए । उनका अनुसार सम्झौता पत्रमा निति प्रेस मिडिया प्रालिका तर्फबाट प्रमुख कार्यकारी निर्देशक माधव पोखरेल र पुरस्कार प्रायोजक भट्टराईले हस्ताक्षर गरेका छन् । कला, संस्कृतिको संरक्षणसँगै पर्यटनको विकासमा सघाउ पुग्नेगरी प्रतियोगिता आयोजना गरेकाले प्रायोजन गरेको सम्झौता पत्रमा हस्ताक्षर पश्चात भट्टराईले भने ।
निति प्रेसले यहि भदौ ११ गते तीजको अवसरमा वाई।यु।के।सुपरमार्केट प्रथम खुल्ला तीज गीत प्रतियोगिता–२०७९ आयोजना गर्न गर्दैछ । प्रतियोगिता पोखरा–१८ फेवाताल किनारस्थित वाई।यु।के।सुपरमार्केटको प्राङ्गणमा हुने जनाइएको छ ।
‘कला, संस्कृतिको संरक्षण गरौं, पर्यटन प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक नीति प्रेस मिडिया प्रालिका प्रमुख कार्यकारी निर्देशक माधव पोखरेलले बताए । खुल्ला तीज गीत प्रतियोगिता भएकाले जो कसैलेपनि प्रतियोगितामा सहभागि हुन पाउने निर्देशक पोखरेलले बताए । प्रतियोगितामा ३० समूह सहभागि हुने अपेक्षा गरिएको उनले बताए । प्रतियोगिताको अवसरमा प्रतियोगि समूहबाहेक ख्याती प्राप्त स्थानिय तथा राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने उनले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समूहलाई ३० हजार, द्वितीय हुने समूहलाई २० हजार, तृतीय हुने समूहलाई १० हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक नीति प्रेस मिडया प्रालिले जनाएको छ ।

 

Advertisement