Monday, July 27

कास्कीकोटमा दहीको होली खेलीयो

नेपालअखबार, कास्की ।  श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलीएको छ । भगवान श्रीकृष्णको जन्म भएको भोलीपल्ट परापुरर्वकाल देखि कास्कीकोटमा दहि जात्रा हुदै आएको छ । गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितीको आयोजनामा दहिको होलीमा हजारौ मानीसहरुको सहभागीता रहेको थियो । सांस्कृत रुपमा मनाउदै आएको यो जात्रा संरक्षण तथा प्रर्वदन गर्न पोखरा २४ वडा कार्यलयले आगामी दिनमा अझै व्यवस्थीत बनाउदै थप प्रचार प्रसार गर्नु पर्ने वडा अध्क्षय भरत वहादुर अधिकारीले बताउनु भयो ।
दहिको होली खेल्ने परम्परा अन्य स्थानमा नरहेको “ यो दहिको होली कास्कीकोटमा मात्र रहेको धार्मीक क्षेत्रविकास समितीका सचिव तथा कार्यक्रम संयोजक ठाकुर प्रसाद त्रिपाठीले दावी गर्नु भयो । “
गत वर्षहरुमा कोरोना कहरका कारण रोकीएको दहि जात्रा यस पटक विभीन्न सांस्कृतीक झाकी वाजा गाजा सहित जात्रा निकालिएको थियो । अन्य ठाउँमा श्रीकृष्णको जन्म हुनु भन्दा पहिलेनै नाचगान तथा जात्राहरु निकाल्ने गरीन्छ तर, कास्कीकोटमा मात्र श्रीकृष्ण जन्मे पछि मात्र भोली पल्ट दहिको होली होली खेलेर पर्व मानाउने गरीएको गुपतकालीका मन्दीरका पुजारी वलराम त्रिपाठीले बताउनु भयो ।
विगत ६ वर्ष देखि दहि जात्रालाई स्थानीहरुले दहिको होली एक आपसमा छेपेर मनाउने गरेका छन् । मन्दीरका व्यवस्थापक अमाली खिम वहादुर कार्कीका अनुसार जात्रामा अन्य सास्कृतीक कार्यक्रमहरु समेत प्रस्तुत गरीएको थियो ।
दहिजात्रा विगत देखि सम्पदा संरक्षण मञ्च कास्कीकोट र स्थानीयले संचालन गर्दे आएका छन् । आगमी दिनहरुमा वडा कार्यालयलेनै यो कार्यक्रम संचालन गर्नु पर्ने आवशयकता रहेको वडा सदस्य कृष्ण प्रसाद सुवेदीले बताउनु भयो । दहि जात्रामा भजन चुटका तथा विभिन्न झाँकी वाजागाजा सहित जात्रा गरीएको थियो । शनिबार श्रीकृष्ण रथ यात्रा तथा विभीन्न सास्कृतीक झाकी तथा दहीको होली खेलीएको हो ।

Advertisement
Advertisement

Advertisement