
नेपाल अखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेता प्रदीप गिरिकाे निधनबाट स्तब्ध भएको बताएका छन् । गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको नेपालकाे भनाइ छ ।
नेपालले भनेका छन्, ‘ नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति उपचारको क्रममा निधन भएको खबरले अत्यन्त दुःखी बनेकाे छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ ।’ नेपालले गिरिको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

