Saturday, July 18

पोखरा रंगशालाको स्वास्थ्य केन्द्र नियमित सञ्चालन गरिने

नेपालअखबार, पोखरा । पोखरा रंगशालास्थित खेलकुद स्वास्थ्य केन्द्रलाई नियमित रुपमा सञ्चालन गरिने भएको छ ।
नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रलाई नियमितरुपमा सञ्चालन गर्न लागिएको प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो ।  नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदद्वारा गठित स्वास्थ्य उपसमितिको बैठकले नवौं  राष्ट्रिय खेलकुद लगायत प्रदेश र जिल्ला छनोट लाई   मध्यनजर गर्दै  खेलाडीहरुको लागि स्वास्थ्य केन्द्र नियमित गर्ने निर्णय गरेको हो ।

Advertisement

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदद्वारा गठित स्वास्थ्य उपसमितिको बैठकमा सदस्य सचिव गुरुङले स्वास्थ्य केन्द्रमा खेलाडीहरुको सहज पहुँच र उनीहरुको प्राथमिक उपचारका लागि ध्यान केन्द्रित गर्न उपसमितिका सदस्यहरुलाई आग्रह गरे । खेलाडीहरुको प्राथमिक उपचारका लागि स्वास्थ्य केन्द्रलाई थप प्रभावकारी बनाउन आवश्यक मापदण्ड बनाई तयारीमा जुट्न समेत आग्रह गरे ।

Advertisement
Advertisement

प्रदेश खेलकुद परिषदकी सदस्य तथा उपसमितिका संयोजक विष्णुमायाँ गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा लामो समय देखि पोखरा रंगशालामा स्पोर्टस मेडिसिन सेन्टरका लागि आवाज उठाउँदै आएका पोखरा माटेपानीस्थित सेवा अस्पतालका अर्थोपेडिक सर्जन डा. पदम खड्का निजि अस्पतालहरुको छाता संस्था अफिनको केन्द्रिय अध्यक्षमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । डा खड्का उपसमितिका सल्लाहकार समेत हुन् ।

Advertisement

उपसमितिको बैठमा सिनियर फिजियोथेरापिष्ट तथा सल्लाहकार डा.खड्ग सिंह गुरुङ, नेपाली सेना फुलबारी व्यारेकका सेनानी जिवन पौडेल, सोही व्यारेकका स्वास्थ्य प्राविधिक सुवेदार राजेश केसी, उपसमितिका सदस्यहरु शुभकन्या गुरुङ, राजन बडगामी, किरण गुरुङ र मुना थापा बैठकमा सहभागि थिए ।

पोखरा रंगशालामा सञ्चालन गरिएको स्वास्थ्य केन्द्रमा हाल एक जना  स्वयंसेवी   परिचारिका  नियुक्त गरिएको छ भने थप चिकित्सक र फिजियोथेरापिष्टसहितको जनशक्तीका लागि आवश्यक पहल भइरहेको प्रदेश खेलकुद परिषदले जनाएको छ ।