Saturday, July 18

मोदी गाउँ पालिकाकामा भूमिहिनहरुको लागी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालअखबार, पर्वत । राष्ट्रिय भुमि आयोग जिल्ला समिति पर्वतको आयोजना र मोदी गाउँपालिकाको ब्यबस्थापनमा एक दिने अभिमुखीकरण तालिमको कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

राष्ट्रिय भुमि आयोगले पर्वत जिल्लाका जलजला बाहेका सवै पालिकामा यही भाद्र १ देखि भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनको सुचना प्रकाशित गरीसकेको हुदा मोदी गाउँपालिकाका सवै वडामा यहि भाद्र १०गते देखि १६ गते संम्म भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरिने भएको छ।

Advertisement
Advertisement

पर्बत भूमि आयोगका अध्यक्ष उदय प्रसाद सुवेद मोदी गाउँ पालिका वडा अध्यक्ष हिरा देवि शर्मा मोदी गाउँ पालिकाका उप अध्यक्ष बिमल लामिछाने भूमि  आयोगको सदस्य देबि कुमारी क्षेत्री साथै सबै राजनीतिक दल को उपस्थित रहेको थियो ।  ८ वटा का अध्यक्ष लगायत सचिवहरुको लागी एक दिने अन्तरक्रिया कार्यक्रममा रहेको थियो  ।

Advertisement

यस एक दिने अन्तरक्रिया कार्यक्रमको प्रस्तुतकर्ता नापी अधिकृत ई न्जिनियर निशा अधिकारीले गर्नु भएको थियो । भूमिहिन दलित भुमिहीन सुकुम्वासी समस्या समाधान गर्ने सुकुम्बासी लाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि देहाय अनुसारका स्थानीय तहका भूमिहिन दलित भुमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास ले जग्गा पाउने  आयोग ले तोकेको दाँचा वमोजिम निवेदन फाराम भर्ने र आफ्नो र आफ्नो परिवारको नाम जग्गाको लालपूर्जा नभएको हुनु पर्ने र अव्यवस्थित को हक मा १० साल अगाडि देखि बस्दै आएको हुनु पर्ने  आयोग को नियम लागू हुने गरी काम गर्ने र झुटो विवरण पेश नगर्ने सम्बन्ध मा छलफल र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।