Saturday, July 11

पहिरोले दाङ-सल्यान सडक अवरूद्ध

नेपालअखबार, दाङ। पहिरोले दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ।

Advertisement

राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ साततले नजिकै पहिरो झरेपछि सडकखण्ड अवरुद्ध भएको हो।

Advertisement
Advertisement

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले आज बिहान ८ बजेतिर पहिरो झरेपछि सडकखण्ड अवरुद्ध भएको बताए।

Advertisement

बर्षा कम हुनासाथ पहिरो हटाउन डोजर पठाउने उनले बताए।

यस्तै तुलसीपुर–घोराही सडक खण्ड पनि स्थानीय खोलामा आएको बाढीले बिहान केहीबेर सवारी साधन चल्न सकेका थिएनन्।

तुलसीपुर ७ स्थित काला खोलामा आएको बाढीले यातायात अवरुद्ध भएपनि अहिले पानीको सतह घटेको हुँदा ठूला सवारी साधन संचालनमा आइसकेका छन