Tuesday, August 4

नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरू गर्दै

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरू गर्दैछ।

Advertisement

कांग्रेसले यो अभियानलाई ‘जनताको साथमा नेपाली कांग्रेस’ नाम दिएको छ।

Advertisement
Advertisement

आजदेखि भदौ २४ गतेसम्म यो अभियान सञ्चालन हुने कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

Advertisement

कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य प्रतिनिधि पठाएर अभियान सञ्चालन गर्न लागेको हो।

कांग्रेसले सातै प्रदेश कार्यसमितिबाट पनि यस अभियानका लागि जिल्ला-जिल्ला प्रतिनिधि पठाएको छ।

यो अभियान सकिएपछि घरदैलोलगायत अभियान गर्ने कांग्रेसको तयारी छ।

कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने निर्णय गरेको थियो।