Thursday, July 16

सुर्खेतमा ७५ जना प्रवेश गरे एकीकृत समाजवादीमा

नेपालअखबार, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरि दर्जनौँ बढी नेता तथा कार्यकर्ताहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

Advertisement

एकीकृत समाजवादी सुर्खेतद्वारा बुधबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा विभिन्न पार्टीका जिम्मेवार  नेताहरूका साथै युवाहरू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
जिल्ला कमिटी अध्यक्ष मोहन बडुवालको अध्यक्षतामा सम्पन्न भेलामा एमाले नेतृ सिता शर्मा, एमालेका पुराना नेता खेमराज गिरीका साथै विभिन्न पार्टी आबद्ध सुरेश नेपाली, घनश्याम अधिकारी, कुबेर कार्की, सोहन शाही, दिवस मल्ल, श्याम बिष्ट, राजेन्द्र शाही लगायत ७५ जनाले एकीकृत समाजवादी रोजेका हुन् ।

Advertisement
Advertisement

303737128_10225344892881210_7325069340429845191_n1662008265.jpg

Advertisement

जिल्ला भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि सम्मानित नेता खनालले एकीकृत समाजवादी रोज्ने ऐतिहासिक निर्णय गरेको भन्दै पार्टीमा समाहित हुने सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई बधाई दिनुभएको छ । पार्टीको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा लागि समेत सुर्खेत पुग्नु भएका नेता खनालले पार्टी प्रवेश गर्ने लहर गाउँगाउँ र बस्ती बस्तीमा पुग्ने दाबी समेत गर्नुभयो ।

नेता खनालले भन्नुभयो , ‘एमालेका अध्यक्ष ओली एमालेको नेतृत्वमा आएपछि पार्टीको कार्यदिशा नभई आफ्नै युगको सुरुवात गरे। पार्टीलाई सङ्कटमा पुर्याउने काम मात्रै गरे। ओलीले अरु नेताको कुरा नै सुनेनन् , बरु उल्टै पार्टी कमिटीको नीति र एजेण्डाको वेवास्ता गरे।’
ओलीलाई इन्कार गर्दै खनालले समाजवादी क्रान्तिसँगै जनतालाई सुखी र समृद्धि बनाउने नभई बालुवाटार कसरी छिर्ने तर्फ बढि केन्द्रित भएर माओवादीसँग ओलीले एकता गरेको बताउनु भयो ।

भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय कमिटी उपमहासचिव एवम् कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले स्थानीय तहको निर्वाचनलाई शिक्षाको रुपमा लिदै आगामी निर्वाचनमा कलम चिन्हलाई जनता बिच स्थापित गरेर विजय हासिल गर्ने अभियान सुर्खेतमा आजैदेखि सुरु भएको दाबी घोषणा गर्नुभयो । एक माघले जाडो नजाने भन्दै उपमहासचिव ज्वालाले अबको निर्वाचन परिणामले एकीकृत समाजवादीलाई थप बलियो बनाउने दाबी गर्दै चुनाव जित्ने हार्ने विषय मात्रै नभएर पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा प्रदेश सह सह इन्चार्ज चन्द्रबहादुर शाही, शेर बहादुर केसी,प्रदेश अध्यक्ष अमरबहादुर थापा लगायतले सम्बोधन गर्नुभएको थियोे ।