Thursday, July 16

जिपको ठक्करले बझाङमा पैदल यात्रीको मृत्यु

नेपालअखबार, बझाङ। बझाङमा जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

Advertisement

वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडाको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिए।

Advertisement

ओखेडाको घटनास्थलमै मृत्यु भएको हो।

बुङ्गल नगरपालिका–६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ। रासस