Sunday, July 26

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको हो – अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं ।  नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गर्नुभएको छ ।

Advertisement

आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका  नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनु भएको हो ।

Advertisement
Advertisement

अध्यक्ष नेपालले समाजवादको मार्ग तय गर्नका लागि जनतामा जागरण ल्याउनुपर्ने भन्दै तत्कालीन अवस्थामा गणतन्त्रको पक्षमा कांग्रेस नरहेको, माओवादी भित्र पनि सांस्कृतिक राजाको कुरा भईरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उहाँले बताउनु भयो ।

Advertisement

अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिष्टहरूले कहिल्यै पनि भुल्न नहुने बताउनु भयो । ‘यहाँ गणतन्त्र ल्याउनका लागि विभिन्न पार्टीमा बहस भएको थियो।

काँग्रेस गणतन्त्रको पक्षमा आएको थिएन। माओवादी पार्टी गणतन्त्रवादी  भए पनि त्यहाँ भित्र पनि कहिले सांस्कृतिक राजाको कुरा हुने गर्दथ्यो । हाम्रो पार्टी भित्र पनि विवाद भयो। २०६२ सालको असार र साउन महिनामा बसेको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गर्‍यो’, , ‘हामीले नै गणतन्त्र ल्याउनका लागि बुटबलबाट आन्दोलनको नेतृत्वका गरेका थियौं।’