Sunday, July 26

क्यानडामा छुरा प्रहारबाट कम्तिमा १० जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। क्यानडामा छुरा प्रहारबाट कम्तिमा १० जनाको मृत्यु भएको छ।  मध्य सास्काचेवान प्रान्तमा भएको घटनामा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा अन्धाधुन्ध छुरा आक्रमण भएको हो।

Advertisement
Advertisement

३१ वर्षीय ड्यामियन स्यान्डरसन र ३० वर्षीय माइन्लस स्यान्डरसन छुरा प्रहारको घटनाका संलग्न रहेको प्रहरीले आशंका गरेको बिबिसीले जनाएको छ।

Advertisement

घटनाका दुवै शंकास्पद आरोपी फरार रहेको प्रहरीले जनाएको छ। फरार अभियुक्त हतियारधारी रहनुका साथै निकै खतरनाक रहेको क्यानेडियन प्रहरीले जनाएको छ।

प्रहरीले आरोपितलाई पक्राउ गर्नका लागि सर्च अभियान तिब्र पारेको छ। घटना भएको क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षा सतर्कता अपनाउन भन्दै घर भित्रै रहन आग्रह गरेको छ।

‘सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई आफ्नो निवासमा ल्यानुअघि सावधानी अपनाउनुहोस्’, रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) सास्काचेवानले भनेका छन्।

छुट्टा छुट्टै स्थानमा सुरक्षा चेकपोइन्ट स्थापना गरेर प्रहरीले खोजी अभियान तिब्र पारेको छ।

जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदयविदारक’ भनेका छन्। ‘म यस हमलामा आफ्ना प्रियजन गुमाएका र घाइते भएकाहरूप्रति चिन्तित छु’, प्रधानमन्त्री ट्रुडोले भनेका छन्।

आइतबार साँझ प्रहरीले पत्रकार सम्मेलन गरी यस हमलामा घाइतेको संख्या धेरै हुनसक्ने बताएको छ। परिवारका सदस्य आफैंले घाइतेलाई अस्पतालमा भर्ना गरेको पाइएकाले सबैले  तत्काल प्रहरीलाई खबर गर्न आग्रहसमेत गरिएको छ।