Wednesday, May 6

जसपाका स्थायी कमिटी सदस्य रम्तेल एकीकृत समाजवादीमा समाहित

नेपालअखबार, काठमाडौं । जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य रणबहादुर रम्तेल नेकपा ( एकीकृत समाजवादी ) मा समाहित हुनु भएको छ । सोमबार नेकपा एकीकृत समाजवादी ) को केन्द्रीय कार्यालय आलोकनगरमा भएको कार्यक्रममा रम्तेल सहित ५७ जना नेता तथा कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित हुनुभएको हो ।

304740494_522766752948186_8611042205801029272_n1662371739.jpg

Advertisement

कर्णालीको हुम्लाका रम्तेल एमाले माओवादी नयाँशक्ति जसपा हुँदै एकीकृत समाजवादीमा समाहित हुुनु भएको हो । लामो समयदेखि दलित आन्दोलन भ्रष्टाचार अनियमितताको विरुद्धको अभियानमा संलग्न हुनुभएका उहाँलाई पार्टी समाहित कार्यक्रममा नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूले टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेता रम्तेलले  आफ्नो विवेक र क्षमताले भ्याएसम्म नेपालको कम्युनिष्ट आन्दोलन र वर्ग सङ्घर्षको पक्षमा काम गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल कर्णाली प्रदेशका इन्चार्ज तथा पार्टीका उपमहासचिव प्रकाश ज्वाला लगायतले नव प्रवेशीहरुलाई स्वागत गर्नुभएको थियो ।