Saturday, August 29

चीनको सिचुवान प्रान्तको भुकम्पमा सातको मृत्यु

नेपालअखबार, एजेन्सि। चीनको सिचुवान प्रान्तमा सोमबार गएको भूकम्पमा परी कम्तीमा  सात जनाको मृत्यु भएको छ।

Advertisement

स्थानीय समय अनुसार सोमबार अपरान्ह करिब १ बजेतिर ६.८ म्याग्निच्युडको भूकम्प जाँदा उनीहरूको मृत्यु भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ।

Advertisement
Advertisement

सिचुवान प्रान्तले अहिले कोरोना महामारी र लामो खडेरीको पनि सामना गरिरहेको छ। सिचुवानको राजधानी छेङ्दुमा अहिले १ हजार जना सक्रिय संक्रमित रहेको भन्दै त्यहाँ लकडाउन गरिएको छ।

Advertisement

सिचुवान भूकम्पको उच्च जोखिम भएको चिनियाँ प्रान्त हो।

सन् २००८ मा ८.२ म्याग्निच्युडको भुकम्प जाँदा ६९ हजार मानिसको मृत्यु भएको थियो।

सन् २०१३ मा सिचुवान प्रान्तको अर्को शहर यानमा ७ म्याग्निच्युडको भूकम्प जाँदा २ सय जनाको मृत्यु भएको थियो।